जनता समाजवादी पार्टी जसपाका अध्यक्ष डा। बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गर्नुको रहस्य खुलाएका छन् ।
उनले आफूले ओलीलाई राष्ट्रिय सरकार बनाउन भनेको खुलासा गरेका हुन् । ओलीले राष्ट्रिय सरकार बनाउन नमानेपछि यो कुरा अरुलाई नभनेको उनको दाबी छ ।
पूर्वप्रधानमन्त्री डा। भट्टराईले आइतबार ट्वीटरमार्फत् यो कुराको खुलासा गरेका हुन् । ‘महाविपत्ति उन्मुख देशलाई निकास दिन मैले व्यक्ति ओली हैन प्रम ओलीलाई भेटेकै हो । मैले वर्तमान-पूर्व प्रम बाहेकका व्यक्तिको नेतृत्वमा राष्ट्रिय सरकार बनाऊ भनेकै हो । वहाँले नमानेपछि अरूलाई नभनेको हुँ,’ भट्टराईले लेखेका छन् । उनले अझै पनि धारा ७६९५०बमोजिम बनाउन सकिने बताउँदै त्यसबारे सोच्न आग्रह पनि गरेका छन् ।