बादललाई भोट हाल्न एमालेको ह्वीप, उल्लङ्घन गरे कडा कारवाही हुने

नेकपा एमाले काभ्रेपलाञ्चोकले जेठ ६ गते हुने राष्ट्रियसभाको उपनिर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवार रामवहादुर थापा बादलको पक्षमा सूर्य चिन्हमा मतदान गर्न जनप्रतिनिधिलाई ह्वीप जारी गरेको छ ।

जिल्ला अध्यक्ष अशोक व्याञ्जुले माधव नेपाल पक्षका प्रदेशसभा सदस्य बसुन्धरा हुमागाईलाई गरेको लिखित पत्र सार्वजनिक भएको छ ।

जसमा जेठ ३ गतेसम्म कोरोना परीक्षण रिपोर्ट लिइसक्न तथा जेठ ५ गते साँझसम्म हेटौडा पुगेर बादलको पक्षमा मतदान गर्न भनिएको छ ।

माधव नेपाल पक्षले कांग्रेस र माओवादीसँग गठबन्धन गरेर खिमलाल देवकोटालाई उम्मेदवार बनाएको छ । यता एमालेमा विवाद समाधानको प्रयास अघि बढेका बेला अब पार्टीका आधिकारिक उम्मेदवारको पक्षमा मतदान गर्न माधव पक्षका जनप्रतिनिधिलाई दबाब बढेको छ ।

सम्बन्धित
Loading...