प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसकी प्रतिनिधिसभा सांसद डा. डिला संग्रौलाले स्वास्थ्य संकटकाल लगाएर कोरोना नियन्त्रण गर्न माग गरेकी छन् । शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै सांसद संग्रौलाले समग्रमा, देशभरि नै स्वास्थ्य संकटकाल लगाई अक्सिजन लगायतका अत्यावश्यक सामग्रीको आपूर्ति सुनिश्चित गर्न माग गरेकी हुन् ।
यस्तै कूटनीतिक नियोगहरूलाई परिचालन गरी अन्तर्राष्ट्रिय सहायता जुटाउन तथा जनताको जीवन जोगाउन आवश्यक सबै कदमहरू उठाउन सरकारसँग संग्रौलाको माग छ ।
उनले राष्ट्रिय संकटको घडीमा राष्ट्रिय संकल्प आवश्यक पर्ने भएकाले तत्काल संसद अधिवेशन आह्वान गर्न पनि माग गरेकी छन् । उनले कोरोना महामारीमा खान र बाँच्न पाउनुपर्ने सुनिश्चितता, स्वास्थ्य तथा उपचार, जीवनयापन र स्थानीय सरकारको भूमिकाका सन्दर्भमा पनि उनले सुझाव दिएकी छन् ।