प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ रोकथाम तथा उपचारमा स्वास्थ्य सेवा उपलब्ध गराउने कुरामा भ्रष्टाचार गर्ने कसैलाई नछाड्ने चेतावनी दिएका छन् ।
तेस्रो पटक प्रधानमन्त्रीको सपथ ग्रहणपछि गोदावरी सम्मेलन केन्द्र भर्चुअल उद्घाटनको पहिलो सार्वजनिक समारोहमा सम्बोधन गर्दै उनले कोरोना नियन्त्रणको लागि सरकारले निरन्तर काम गरिरहेको भएपनि ती प्रयासहरूलाई ओझेलमा पार्न खोजेको गुनासो गर्दै यस्तो चेतावनी दिएका हुन् ।
‘अस्थिरता चाहने, मुलुकमा शान्ति देख्न नचाहने, संविधान र कानून बमोजिम देश चल्ने कुरालाई आफ्ना स्वार्थमा जिद्दी गर्ने तत्वहरुले देशमा अहिले पनि प्रतिगमन भएको देख्छ ‘, प्रचण्डप्रति कटाक्ष गर्दै प्रम ओलीले भने ‘कोही–कोही सरकारलाई नक्कली क्रान्तिकारी चश्माबाट सधैँ हेर्छन् र प्रतिगमन भएको भन्छन् ।’
\प्रधानमन्त्री ओलीले सबै उल्टै सरकारलाई सेक्न खोज्ने प्रवृत्ति खोज्ने नभई महामारी नियन्त्रणमा जुट्न राजनीतिक पार्टीहरूलाई आव्हान गरे ।