माधव नेपालले बोलाए आफूपक्षीय नेताहरुको बैठक, यस्तो हुने भयो अब

३१ वैशाख, काठमाडौंःनेकपा एमालेका नेता माधवकुमार नेपालले आफ्नो समूहको केन्द्रीय सदस्यहरुको बैठक बोलाएका छन् । बैठक शुक्रबार दिउँसो २ बजे भर्चुअल माध्यमबाट गरिने एक नेताले जानकारी दिए ।

नेता नेपालले बिहीबार अध्यक्ष केपी शर्मा ओली र आफूबीच भएको छलफल र सहमतिबारे जानकारी दिन आफू निकट नेताहरुको बैठक बोलाएका हुन् ।

दुई नेताबीचको छलफलमा पार्टी संरचना २०७५ जेठ २ को स्थितिमा फर्काउने र अध्यक्ष केपी शर्मा ओली पक्षले फागुन २८ गते गरेको निर्णयबारे छलफल गर्न कार्यदल गठन गर्ने सहमति भएको थियो ।

उक्त सहमतिपछि माधव नेपाल पक्षका सांसदले सांसद पदबाट राजीनामा दिने तयारी स्थगित भएको थियो ।

सम्बन्धित
Loading...