कुखुरा खोरमा पसेको चितुवाको उद्धार

गण्डकी गाउँपालिका–६ भूम्लिचोकको बिजौरे गाउँबाट चितुवाको उद्धार गरिएको छ । स्थानीय टंक नारायण श्रेष्ठको कुखुराको खोरमा पसेको चितुवालाइ दुई दिनपछि उद्धार गरिएको डिभिजन वन कार्यालय गोरखाले जनाएको छ ।

अन्दाजी ६ बर्षको करिव ४७ केजी तौलको उक्त भाले चितुवालाई सामान्य उपचार पश्चात जिल्ला बाहिरको उपयुक्त बासस्थानमा छाडिएको छ ।

केही दिन अघि पनि सोही गाउँपालिकाको दर्वुङबाट पोथी चितुवाको उद्धार गरिएको थियो । घरपालुवा पशु चौपाया मार्न थालेपछि स्थानीयले पासोको रुपमा बनाएको खोरमा चितुवा परेको थियो ।

जिल्लामा स्रोत साधन र आवश्यक जनशक्ति अभावमा वन्यजन्तुको उद्धारमा समस्या हुने गरेको छ ।

सम्बन्धित
Loading...