काठमाडौँ – जसपाको महन्थ ठाकुर र उपेन्द्र यादवको पक्षमा २० सांसद पुगेका छन्। भक्तपुरको डोलेश्वर रिपोर्टमा ठाकुरले आफूपक्षीय सांसदलाई भेला गराएर राखिएको ठाउँमा साविक समाजावादीबाट चुनावका जितेका तीनले उपेन्द्र यादवको साथ छाड्दै ठाकुरको पक्षमा गएका हुन्।
सुरुमा रिसोर्टमा १६ जना मात्रै पुगे पनि साँझसम्म अहिले २० जना पुगेको त्यहाँ रहेका एक सांसदले जानकारी दिए।
महन्थ ठाकुर निकट सांसदका अनुसार साविक राजपा पक्षका १७ जना नै सांसद ठाकुरकै पक्षमा उभिएका छन्।
सोमबार साविक समाजावदी तर्फका सांसदहरु उमाशंकर अरगरिया र विमल श्रीवास्तवले ठाकुरको लाइनअनुसार तटस्थमा मत दिएका थिए।
त्यस्तै साविक राजपाका महिन्द्रराय यादव र चन्द्रकान्त चौधरी विपक्षमा उभिएका थिए। विपक्षमा उभिएका यादव र चौधरी दुवै ठाकुरसँगै लागेका छन्।
सांसद एकवाल मियाँका अनुसार समाजवादीका तर्फका अरगरिया, श्रीवास्तव र रुही नाज पनि रिसोर्टमा बसिरहेका छन्।
उनका अनुसार कलुदेवि विश्वकर्मा पनि उपेन्द्र बाबुरामको लाइन छाडेर ठाकुर महतोको पक्षमा जाने तयारीमा छन्। योसँगै जसपामा उपेन्द्र बाबुराम पक्ष अल्पमतमा परेको छ।
अहिले बालुवाटारमा एमाले अध्यक्ष केपी ओलीसँग ठाकुर र महतोले छलफल गरिरहेका छन्। उनीहरु रिसोर्टमा नपुगुञ्जेल सबै सांसदलाई त्यहीँ बस्न भनिएको छ।