माओवादी केन्द्रको स्थायी कमिटीको आकस्मिक बैठक बस्दै

नेकपा माओवादी केन्द्रले स्थायी कमिटीको आकस्मिक बैठक बोलाएको छ । पार्टी कार्यालय पेरिसडाँडामा अपरान्ह ५ बजे बैठक बोलाइएको हो ।

पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल गर्न बैठक बोलाइएको माओवादीले जनाएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतको सरकार गठनका लागि दिएको समय बिहीबार राति ९ बजे सकिँदैछ । नेकपा माओवादी केन्द्रले नेपाली कांग्रेसलगायतका दलसँग मिलेर नयाँ सरकार बनाउने तयारी गरिरहेको छ ।

सम्बन्धित
Loading...