प्रधानमन्त्रीका लागि राष्ट्रपतिसमक्ष दाबी पेस गर्न देउवा तयार

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, बहुमतको सरकार निर्माणका लागि राष्ट्रपति समक्ष दाबी पेस गर्ने भएका छन् । देउवाले काँग्रेस, माओवादी केन्द्र र जसपाको समर्थनमा प्रधानमन्त्रीमा नियुक्त गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष निवेदन दिन लागेको काँग्रेसले जनाएको छ ।
देउवाले तीन दलको छलफलमा नेताहरुलाई खटाएका छन् । देउवाले आन्तरिक र बाह्य परिस्थिति आफू अनुकुल बनाउन सोमबार यता आफूनिकट नेताहरुलाई छलफलका लागि परिचालन गरिरहेका छन् ।
देउवा आफैंले पनि प्रधानमन्त्री केपी ओली इत्तर पक्षका शीर्ष नेतासँग छलफल गरिरहेका छन् । मंगलबार काँग्रेस सभापति देउवाले विपक्षी दल माओवादी केन्द्र र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग छलफल गरेका थिए ।
काँग्रेस नेता रमेश लेखकका अनुसार संविधानको धारा ७६ को २ अनुसार सरकार निर्माणका सन्दर्भमा देउवा निवास बूढानीलकण्ठमा मंगलबार विहान देउवा, प्रचण्ड र उपेन्द्र यादवबीच छलफल भएको थियो ।
उनीहरुबीचको छलफलपछि दिउँसो ३ बजे बसेको काँग्रेस पदाधिकारी बैठकले ७६ को २ बमोजिम सरकारको दाबी गर्ने निर्णय भएको छ ।

सम्बन्धित
Loading...