विश्वासको मत माग्न प्रधानमन्त्री ओली संसद् भवनमा

विश्वासको मत माग्नका लागि बोलाइएको प्रतिनिधि सभाको बैठकमा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओली संसद् भवन पुगेका छन् ।

विश्वासको मतको प्रयोजनका लागि संसद् बैठक सोमवार दिउँसो १ बजे बस्दैछ । संसद् भवनमा अन्य सांसदहरू पनि पुग्ने क्रम शुरू भएको छ ।

कोरोना संक्रमित सांसदका लागि मतदानका लागि मतदान गर्न संसद् भवनबाहिर त्रिपालको व्यवस्था गरिएको छ ।

सम्बन्धित
Loading...