सकियो माधव समूहका सांसदको बैठक, प्रधानमन्त्री विरुद्ध लिए कठोर निर्णय 

नेकपा एमालेको माधवकुमार नेपाल समूहका सांसदहरुको बैठक सकिएको छ ।

उनीहरुले संसदमा प्रधानमन्त्रीलाई विश्वासको मत दिन उपस्थित नहुने निर्णय लिएका छन् ।

यसअघि भनिए जस्तो पदबाट राजीनामा भने नदिने भएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा आज विश्वासको मत लिने भएका छन् ।

संसद सचिवालयले उनले लिने विश्वासको मतको आजै टुंगो लगाउने भएको छ ।

विश्वासको मतका लागि आह्वान गरिएको संसदको विशेष बैठक आज  दिउँसो १ बजे बस्दै छ ।’

एमालेकै सांसद उपस्थित नहुने भएपछि विश्वासको मत फेल हुने निश्चित भएको छ ।

सम्बन्धित
Loading...