संवैधानिक परिषदबाट कसले केमा पाए नियुुक्ती ?

प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आज बालुवाटारमा बसेको संवैधानिक परिषद्को बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, लोकसेवा आयोग, निर्वाचन आयोग लगायत निकायमा पदाधिकारी नियुक्त गरेको छ ।

वैठकले अख्तियारको आयुक्तमा राष्ट्रिय अनुसन्धान विभागका पूर्वप्रमुख दिलीप रेग्मीको नाम सिफारिस गर्ने निर्णय गरेको  छ ।

लोकसेवा आयोगको अध्यक्षमा पूर्वसचिव माधव रेग्मीको निर्णय भएको छ । सर्वोच्चका न्यायधिश कुमार रेग्मीका सहोदर  दाई माधव रेग्मी प्रधानन्यायाधिश चोलेन्द्र शम्शेरको प्रस्तावमा ल्याइएका हुन् ।

निर्वाचन आयोगको सदस्यमा भने पूर्वसचिव वीरबहादुर राई सिफारिस भएका छन् ।

उनी यसअघी पनि निर्वाचन आयोगमा बसेर काम गरेका व्यक्ति हुन्।

बैठकमा प्रधानमन्त्रीसँगै राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा सहभागी थिए ।

सम्बन्धित
Loading...