प्रधानमन्त्री केपी शर्मा ओलीको कोरोना भाइरस परीक्षणको रिर्पोट नेगेटिभ आएको छ ।
प्रधानमन्त्री ओली रिर्पोट नेगेटिभ आएपनि उनका प्रेस सल्लाहकार सूर्य थापा र प्रमुख स्वकीय सचिव इन्द्र भण्डारीलाई पुनः संक्रमण पुष्टि भएको छ ।
उनीहरु दुवैलाई यसअघि पहिलो लहरमा संक्रमण पुष्टि भएको थियो ।
सचिवालयमै कार्यरत रुपेश आचार्यको नतिजा पनि पोजेटिभ आएको छ ।