बढी मूल्यमा पल्स अक्सिमिटर बिक्री गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
वीरगञ्ज महानगरपालिका–१६ नगवा बस्ने ३२ वर्षीय रामहरि तिवारीलाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।
१ हजार ९ सय पर्ने अक्सिमिटरलाई उनले ३ हजार ५ सय रुपैयाँमा बिक्री गरेको प्रहरीले दाबी गरेको छ ।
कालोबजारी गरेको सूचनाको आधारमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता ओमप्रकाश खनालले जानकारी दिए ।
उनको पसलबाट प्रहरीले १२ थान पल्स अक्सिमिटर बरामदसमेत गरेको छ ।
उनलाई नियन्त्रणमा लिई कालोबजारी सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।