नेपाली कांग्रेस संसदीय दलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने निर्णय गरेको छ ।
संसदीय दलको शनिबार बसेको बैठकले प्रधानमन्त्रीको राजीनामा माग गर्ने र आफ्नै नेतृत्वमा सरकार गठनको पहल गर्दै विपक्षमा मतदान गर्ने निर्णय गरेको हो । पार्टी केन्द्रीय कार्यसमितिको २१ चैतकै निर्णय अनुमोदन गरेको छ ।
काँग्रेसले अन्य दललाई समेत मत नदिन आग्रह गरेको छ ।