कैलालीमा एकैदिन ९ जना संक्रमितको मृत्यु

धनगढीः कैलालीमा एकैदिन शनिबार ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । प्रदेशको अस्थायी राजधानी धनगढीमा रहेको सेती प्रादेशिक अस्पताल र निजी अस्पतालमा उपचाररत समेत गरेर २४ घण्टामा ९ जनाको मृत्यु भएको स्थानीय प्रशासनले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले धनगढी उपमहानगरपालिकाका पाँच जना, बर्दगोरिया गाउँपालिकाका दुई जना, लम्कीचुहा नगरपालिकाका एक जना, कञ्चनपुरको पुनर्वास नगरपालिकाका एक जनाको मृत्यु भएको जानकारी दिए ।

धनगढी उपमहानगरपालिका– १ का ५० वर्षीय पुरुष, ३ का ६१ वर्षीय पुरुष, ४ का ८१ वर्षीय पुरुष, ५ का ४३ वर्षीय पुरुष र १२ की ५० वर्षीया महिलाको मृत्यु भएको जोशीले बताए ।

यस्तै बर्दगोरिया गाउँपालिका–२ का ५७ वर्षीय पुरुष र ६ का ६१ वर्षीय पुरुष, लम्कीचुहा नगरपालिका ६ का ४२ वर्षीय पुरुष र कञ्चनपुरको पुनर्वास नगरपालिका ११ का ८६ वर्षीय पुरुषको मृत्यु भएको उनले जानकारी दिए ।

सम्बन्धित
Loading...