प्रधमानमन्त्रीले विश्वासको मत लिन दुई दिन अघि २६ सांसद कोरोना संक्रमित

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा विश्वासको मत लिन दुई दिन मात्र रहेका बेला कोरोना संक्रमित सांसदको संख्या बढ्दै गएको छ ।

संघीय संसद् प्रतिनिधिसभाका २६ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रधानमन्त्री अ‍ेलीले संसद्को विश्वास आफूमा रहेको परीक्षण गराउनका लागि वैशाख २७ गते बोलाएको प्रतिनिधिसभा अधिवेशनमा विश्वासको मत लिने कार्य सूची छ ।

तर हालसम्म २६ जना सांसदलाई कोरोना पु।िष्ट भइसकेको छ । संसद् सचिवालयले वैशाख २२ देखि २४ गतेसम्म दुई सय पाँच जना सांसदको पीसीआर परीक्षण गरेको थियो ।

जसमा १९ जनामा कोरोना संक्रमण भएको थियो भने यसअघि नै पीसीआर परीक्षण गराएका थप ८ जना सांसदलाई पनि कोरोना संक्रमण भएको छ ।

सम्बन्धित
Loading...