काठमाडौं: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकम दाहाल ‘प्रचण्ड’बीच शुक्रबार भेटवार्ता भएको छ।
शुक्रबार दिउँसो उनीहरुबीच देउवा निवास बुढानीलकण्ठमा भेटवार्ता भएको हो। भेटमा प्रधानमन्त्री केपी शर्मा ओलीले लिन लागेको विश्वासको मतलाई असफल बनाउनेबारे छलफल भएको थियो।
प्रधानमन्त्री ओलीले २७ वैशाखमा विश्वासको मत लिँदै छन् । नेपाली कांग्रेस, माआवादी केन्द्र, जनता समाजवादीको उपेन्द्र यादव–बाबुराम भट्टराई पक्ष र एमालेको माधव नेपाल पक्षबीच विश्वासको मतमा प्रधानमन्त्रीलाई असफल गराउने गरि चरण–चरणका भेटवार्ता भइरहेका छन् ।