सुदूरपश्चिमका नवनियुक्त प्रदेश प्रमुखद्वारा पदभार ग्रहण

सुदूरपश्चिमका नवनियुक्त प्रदेश प्रमुख गंगाप्रसाद यादवले पदभार ग्रहण गरेका छन् । बिहीबार राति गृह जिल्ला सप्तरीबाट धनगढी आइपुगेका यादवले शुक्रबार दिउँसो पदभार ग्रहण गरेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

प्रदेश प्रमुखको कार्यालयका उपसचिव पुष्कर खड्काले यादवले शुक्रबार दिउँसो कार्यालयमा पुगेर पदभार ग्रहण गरेको जानकारी दिए ।

पदभार ग्रहण गर्दै उनले नेपालको प्रचलित कानून र संविधान बमोजिम काम गर्ने प्रतिबद्ध रहेको बताएका छन् । पदभार ग्रहण कार्यक्रममा प्रदेश प्रमुखको कार्यालयका सचिव ओमबहादुर खड्का लगायतका कर्मचारीको उपस्थिती रहेको थियो ।

उप सचिव खड्काले मुख्यमन्त्री त्रिलोचन भट्टलाई मातृ शोक परेका कारण डोटीमा रहेकाले प्रदेश सरकारका पदाधिकारी पदभार कार्यक्रममा सहभागि हुन नसकेको बताए ।

मन्त्रीपरिषद् बैठकको निर्णयका आधारमा सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत बैशाख २० गते तत्कालीन प्रदेश प्रमुख शर्मिला पन्तलाई हटाएर यादवलाई नियुक्त गरेकी थिइन् ।

सम्बन्धित
Loading...