राष्ट्रियसभा सदस्यमा उम्मेदवारी दिन बादल हेलिकप्टर चढेर हेटौंडा पुगे

गृहमन्त्री रामबहादुर थापा बादल राष्ट्रियसभा उपनिर्वाचनको लागि नेकपा एमालेको तर्फबाट उम्मेदवार बनेका छन् । उनी हेलिकोप्टरबाट शुक्रबार बिहान उम्मेदवारी दर्ताका लागि हेटौंडा पुगेका हुन् ।

वाग्मती प्रदेश अन्तर्गत अन्य समूहतर्फको रिक्त एक सिटमा जेठ ६ गते हुने उपनिर्वाचनका लागि आज मनोनयन दर्ता गर्न लागिएको छ ।

सुरुमा उम्मेदवार बन्न बादलले अस्वीकार गरेका थिए । शुक्रबार बिहान प्रधानमन्त्री केपी शर्मा ओलीसँग बालुवाटारमा भएको छलफलपछि बादल चुनाव लड्न राजी भएका छन् । उनी प्रधानमन्त्री निवास बालुवाटारबाट हेलिकप्टर चढेर सिधै मकवानपुरको हेटौंडा पुगेका थिए ।

२०७४ सालको निर्वाचनमा नेकपा माओवादी केन्द्रका तर्फबाट थापा यो क्षेत्रबाट निर्वाचित भएका थिए । पछि नेकपा एमालेमा प्रवेश गरेका थापाको सांसद पद गुमेकाले आगामी जेठ ६ गते उपनिर्वाचन हुन लागेको हो ।

उम्मेदवारी दर्ताको समय विहान १० बजेदेखि ४ बजेसम्म निर्धारण गरिएको छ । विपक्षी गठबन्धनले संघीयताविज्ञ डा. खिमलाल देवकोटालाई उम्मेदवार बनाएको छ ।

सम्बन्धित
Loading...