शीतल निवासमा मध्यरातमा ओली–नेपालको भेटघाट, के भयो कुराकानी ?

काठमाडौंः प्रधानमन्त्री एवंम् पार्टी अध्यक्ष केपी शर्मा ओली र बरिष्ठ नेता माधवकुमार नेपालबीच पार्टी विभाजन रोक्ने विषयमा शितल निवासमा छलफल भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितीमा विहीवार मध्यरातिसम्म उनीहरुबीच छलफल भएको हो । छलफल राति १२ बजेसम्म चलेको थियो ।

शेरवहादुर देउवालाई भेटेर शीतल निवास पुगेका माधव नेपालसँग राष्ट्रपतिले कुरा गरिरहेकै बेला प्रधानमन्त्री तथा अध्यक्ष ओली पनि मिसिएका थिए ।

उनीहरुबीच राष्ट्रपतिको उपस्थितिमा ‘भद्र सहमति’ भएको बताइएको छ ।

सम्बन्धित
Loading...