धनगढी: कैलालीमा थप दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ। धनगढीमा उपचाररत कैलाली र कञ्चनपुरका एक÷एक जनाको मृत्यु भएको जिल्ला प्रशासन कार्यालयले जनाएका छ ।
सूचना अधिकारी शिवराज जोशीले घोडाघोडी नगरपालिका २ सुखड घर भएकी ५७ वर्षीया महिलाको धनगढीको एक निजी अस्पतालमा मृत्यु भएको जानकारी दिए ।
सेती प्रादेशिक अस्पतालमा उपचाररत कञ्चनपुरको पुर्नवास नगरपालिका वडा नम्बर ३ की ७४ वर्षीय महिलाको पनि मृत्यु भएको उनले बताए ।
२० गते सेती प्रादेशिक अस्पतालमा भर्ना भएकी उनको एन्टिजेन बिधिबाट परिक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको थियो।
उनको शुक्रबार बिहान साढे ६ बजेको समयमा सेती प्रादेशिक अस्पतालको आईसीयूमा उपचारको क्रममा मृत्यु भएको हो ।