काठमाडौंः कोरोना संक्रमणका कारण सरकारले अन्तर्राष्ट्रिय उडान बन्द गरेको छ । विहीबार मध्यरातिदेखि चार्टर्ड तथा उद्धार उडानबाहेक सबै अन्तर्राष्ट्रिय उडान बन्द गरिएको हो ।
कोरोनाको संक्रमण नियन्त्रणका लागि सरकारले वैशाख मसान्तसम्म आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान स्थगित गर्ने निर्णय गरेको थियो ।
नेपाल र भारतबीच ‘एयर बबल’ सम्झौता अनुरुप दुई देशबीच सातामा दुई उडान कायम राख्ने गरी सबै आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान बन्द भएको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले जनाएको छ ।