सुदूरपश्चिमका मुख्यमन्त्री भट्टलाई मातृशोक

धनगढीः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई मातृशोक परेको छ।

मुख्यमन्त्री भट्टकी आमा शारदा देवी भट्टको ८४ वर्षको उमेरमा बिहीबार निधन भएको हो । मुख्यमन्त्रीका स्वकिय सचिव शिवसिंह ओलीले उनको डोटीको केआईसिंह गाउँपालिका–६ निवासी घरमै निधन भएको जानकारी दिए ।

बिहीबार करिब साढे ५ बजेतिर निधन भएकी उनी केही दिनदेखि अस्वस्थ रहेको बुझिएको स्वकीय सचिव ओलीले बताए ।

आमाको अन्तिम संस्कारका लागि मुख्यमन्त्री भट्ट बिहीबार नै डोटीतर्फ हिँडेका छन् ।

उनको शुक्रबार दिउँसो सेती नदीमा अन्त्येष्टि गर्ने कार्यक्रम रहेको मुख्यमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

सम्बन्धित
Loading...