प्रधानमन्त्री ओलीले डाँके एमाले स्थायी कमिटीको आकस्मिक बैठक

काठमाडौं: प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाटीको स्थायी कमिटीको आकस्मिक बैठक बोलाएका छन् ।

ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाएका हुन् । बैठकमा संसदमा विश्वासको मत लिने र दलहरुसँग भएका छलफलको बारेमा जानकारी दिइने कार्य सूची रहेको बताइएको छ ।

माधव नेपाल पक्षले राष्ट्रियसभा उपनिर्वाचनमा कांग्रेस माओवादी सहितका अन्य दलसँग गठबन्धन गरेको विषयमा समेत बैठकमा छलफल हुने र नेपाल पक्षीय नेताहरुमाथी थप कारवाही गर्ने सम्भावना समेत रहेको छ ।

अलग्गै उम्मेदवार उठाउन लागेको सन्दर्भमा एमाले बैठक बस्न लागेकाले थप कारवाहीको सम्भावना पनि रहेको छ ।

सम्बन्धित
Loading...