डोटीः डोटीमा कोरोना भाइरस ९कोभिड(१९० संक्रमणबाट एकजनाको मृत्यु भएको छ ।
जिल्ला अस्पतालमा उपचाररत आदर्श गाउँपालिका–२ का ६२ वर्षीय संक्रमित पुरुषको बुधबार मृत्यु भएको हो ।
अस्पतालका प्रमुख मेडिकल सुपरीटेन्डेन्ट डाक्टर कृष्णराज जोशीका अनुसार अस्पतलाको आइसोलेसनमा उपचारको क्रममा उनको मृत्यु भएको हो । उनलाई गत वैशाख २० गते कोरोना संक्रमण देखिएको थियो ।