धनगढीः कैलालीमा थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । बुधबार रातिदेखि अहिलेसम्म सेती प्रादेशिक अस्पताल र टीकापुर अस्पतालमा उपचाररत ६ जनाको मृत्यु हो ।
जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले सेती प्रादेशिक अस्पतालमा उपचाररत चार जना संक्रमितको मृत्यु भएको जानकारी दिए ।
कैलालीको धनगढी उपमहानगरपालिका–२ का ७२ वर्षीय पुरुष, गोदावरी नगरपालिका–३ का ६७ वर्षीय पुरुष, लम्कीचुुहा नगरपालिका–१ का ३७ वर्षीय पुरुष र डडेल्धुराको नवदुर्गा गाउँपालिका–३ का ५३ वर्षीय पुरुषको सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको बताए ।
टीकापुर अस्पतालका कोभिड सम्पर्क व्यक्ति डाक्टर रमेशप्रसाद उपाध्यायले अस्पतालमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु भएको जानकारी दिए ।
उपाध्यायकाअनुसार बुधबार बिहान लम्कीचुहा नगरपालिकाका ३८ वर्षीय पुरुष र टीकापुर नगरपालिकाका ५५ वर्षीय संक्रमित पुरुषको मृत्यु भएको हो ।