धनगढीः कञ्चनपुर र कैलालीका थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
सेती प्रादेशिक अस्पतालको कोभिड अस्थायी अस्पतालमा उपचाररत कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१ क ३५ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए ।
उनको बुधबार बिहान करिब साढे ४ बजेको समयमा मृत्यु भएको जोशीले बताए । यस्तै धनगढी उपमहानगरपालिका २ की ७२ वर्षीया संक्रमित महिलाको पनि मृत्यु भएको छ ।
कोभिड अस्पतालमै उपचाररत उनको मंगलबार राति ८ बजेतिर मृत्यु भएको सूचना अधिकारी जोशीले बताए ।