कुखुराको भालेविरुद्ध अदालतमा मुद्दा दर्ता, यस्तो छ कारण

मानिस सामाजिक प्राणी हो । एउटै समाजमा बस्दा कहिलेकाहिँ मानिस–मानिसबीच विवाद र झगडा पनि हुने गर्छ । विवाद र झगडा हुँदा आफू पीडित भएको महसुस गर्ने पक्षले प्रचलित कानून अनुसार न्यायको माग गर्दै अदालतमा मुद्दा समेत दर्ता गर्ने गर्छन् ।

समान्यत: अदालतमा मुद्दा जाँदा एउटा व्यक्तिले अर्को व्यक्तिलाई आरोप लगाएर प्रतिवादी बनाएको हुन्छ । तर, फ्रान्समा एउटा यस्तो मुद्दा अदालतमा पुगेको छ जसमा कुखुराको भालेलाई प्रतिवादी बनाइएको छ ।

आफ्नो छिमेकीले पालेको कुखुराको भाले धेरै बासेको ९कराएको० भन्दै गाउँलेहरुले भालेलाई नै प्रतिवादी बनाएर स्थानीय अदालतमा मुद्दा दायर गरेका छन् ।

जसविरुद्ध मुद्दा दर्ता गरिएको छ, त्यो भाले कुखुराको नाम मोरिस हो । हरेक बिहान सबेरै उक्त भाले जोडसँग बास्ने गरेको र त्यसरी बास्दाखेरी ध्वनि प्रदूषण हुनुका साथै छरछिमेकका मानिसहरूको निद्रा बिथोलिएको आरोपमा मुद्दा दिइएको छ ।

फ्रान्सको इस्ले अफ अल्रनस्थित सेन्ट पियरे द अलरन गाउँमा स्थानीय करिन फेस्सयू नामकी महिलाले घरमा पालेको उक्त कुखुरामाथि छिमेकीले मुद्दा हालेका हुन् ।

सन् २०१७ को अप्रिल महिनामा पहिलोपटक ती महिलाका छिमेकीहरुले कुखुरा कराएको भन्दै गुनासो गरेका थिए । छिमेकीहरुले कुखुरा बासेर आफूहरुलाई डिस्टर्ब भएको भन्दै कुखुरालाई चुप राख्न भनेका थिए ।

सम्बन्धित
Loading...