नेपाली युवाको दुर्दशा : पैसा कमाउन रुसी सेनामा भर्ती, युक्रेनी नियन्त्रणमा पुगेपछि फसाद !

काठमाडौं । रुस–युक्रेन युद्धमा नेपाली युवालाई प्रयोग गरिएको दर्दनाक घटना बाहिरिएको छ ।

घरमा आर्थिक अवस्था कमजोर भएर पैसा कमाउन रुसी सेनामा भर्ती भएका बर्दियाका युवा विवेक खत्री युक्रेनी सेनाको नियन्त्रणमा पुगेका छन् ।

युक्रेनका गृहमन्त्रीका सल्लाहकार एन्टोन गरास्चेन्कोले सामाजिक सञ्जाल ट्विटरमार्फत भिडियो सार्वजनिक गर्दै विवेक युक्रेनको नियन्त्रणमा रहेको खुलासा गरेका छन् ।

सल्लाहकार एन्टोनले शेयर गरेको भिडियोमा विवेकले बोलेको देखिन्छ । विवेकले पैसा कमाउनका लागि रुसी सेनामा भर्ती भएको बताएका छन् ।

‘मेरो परिवारमा आर्थिक समस्यामा थियो । मेरी आमासँग कुनै काम थिएन । हामीलाई पैसा चाहिएको थियो । त्यसैले यो निर्णय लिएँ,’ उनले भने ।

सुन्नुहोस् विवेक बोलेको भिडियो –

Loading...