अमेरिकी राष्ट्रपति जो बाइडन कुकुर पाल्न सौखिन मानिन्छन् । बाइडनको कुकुर प्रेमलाई लिएर पशु अधिकारकर्मीहरुले उनको प्रशंसा समेत गर्ने गर्छन् ।
तर, पछिल्लो समय भने बाइडनका कुकुरले अमेरिकी राष्ट्रपति भवन ह्वाइट हाउसमा आतंक नै मच्चाइ दिएको छ ।
बाइडनको कुकुरले ह्वाइट हाउसमा फेरि ९दोस्रो पटक० मानिसलाई टोकेको छ ।
बाइडनले राष्ट्रपतिको कार्यभार सम्हालेर ह्वाइट हाउस सरेपछि उनको कुकुर मेजरले दोस्रो पटकमा मानिसलाई टोकेको हो ।
बाइडनको कुकुर मेजर ह्वाइट हाउसमा
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका बाइडनको कुकुर मेजरलेनेसनल पार्क सर्भिसका कर्मचारीलाई टोकेको हो ।
बाइडनको कुकुर मेजरले टोकेपछि ती कर्मचारीलाई तुरुन्तै उपचारका लागि अस्पताल लगिएको थियो ।
अहिले भने ती कर्मचारीको स्वास्थ्य अवस्था स्थिर रहेको जनाइएको छ ।
घटनाबारे बाइडन पत्नी जिल बाइडनका प्रेस सचिव मिसेल ल रोसाले जानकारी दिएका छन् ।
कुकुर मेजरले वाकका लागि बाहिर निस्किएको बेला कर्मचारीलाई टोकेको हो ।
बाइडनको कुकुरले यसअघि समेत ह्वाइट हासमै सुरक्षा अधिकारीलाई टोकेको थियो ।