जन्ती जान हिँडेका ४५ जनालाई प्रहरीले ५ घण्टा चर्को घाममा उभ्याएपछि…

महेन्द्रनगरः कञ्चनपुरमा एक रोचक घटना भएको छ । निषेधाज्ञाका बेला स्थानीय प्रशासनको आदेश विपरीत विवाहमा जान हिँडेका ४५ जनालाई प्रहरीले अनौठो कारवाही गरेको छ ।

ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरले उनीहरुलाई झण्डै ५ घण्टा चर्को घाममा उभ्याएर कारवाही गरेको हो । जिल्ला प्रशासन कञ्चनपुरले जारी गरेको आदेशमा बिहेमा जन्ती जाँदा बढीमा १५ जनासम्म जान पाउने भनीएको छ।

तर कञ्चनपुरको सुखासालबाट भाँसी जाँदै गरेको बिहेको बसमा ४५ जना जन्ती रहेको पाइएकाले सबैलाई बससहित मञ्चमा लगेर ५ घण्टा होल्ड गरिएको ट्राफिक प्रमुख प्रहरी निरीक्षक केशव भटटले बताए।

बेहुला र परिवारका सदस्यलाई बिहेको लागि पठाइएपनि जन्तीहरुलाई भने दिउँसो १२ बजेदेखि बेलुकी ५ बजेसम्म मञ्चमा बसाइएको थियो। बस चालकले भने धरै जन्ती नलैजाने भने अटेर गरेर जबरजस्ती बिहेमा आएको बताएका छन्।

सम्बन्धित
Loading...