सर्वत्र विरोध भएकासहित ७ अध्यादेशहरू राष्ट्रपति भण्डारीबाट फेरि जारी

काठमाडौं – मन्त्रिपरिषद्को सिफारिसमा यसअघि नै राष्ट्रपति विद्यादेवी भण्डारीबाट जारी भएर सर्वत्र विरोध भएकासहित ७ अध्यादेशहरू फेरि जारी भएका छन् । मन्त्रिपरिषद् बैठकको सिफारिसमा मंगलबार ७ वटा अध्यादेश जारी भएका छन् ।

राष्ट्रपति कार्यालयका सहप्रवक्ता केशवप्रसाद घिमिरेले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै ७ वटा अध्यादेश जारी भएकोबारे जानकारी दिए । मंगलबार जारी भएका अध्यादेशहरू यसअघि नै जारी भएर प्रतिनिधि सभामा पेश हुन नसकेका अध्यादेशहरू रहेका छन् ।

संवैधानिक परिषद् सम्बन्धी अध्यादेश विवादित भएपनि फेरि जारी भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस लगायतले अध्यादेशको जारी गरेका थिए ।

सम्बन्धित
Loading...