पञ्चेश्वर:बैतडीमा वडा सदस्यको शव बोकेको जिप दुर्घटनामा परेको् छ । चट्याङ लागेर ज्यान गुमाएका पञ्चेश्वर गाउपालिका ६का वडा सदस्य गोविन्द भण्डारीको शव बोकेर सदरमुकाम तर्फ जादै गरेको से १ ज १८३ नम्बर जिप सोही वडाको गणमेश्वर मोडमा दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले चार जनाको घटना स्थलमै मृत्यु भएको जानकारी दिए । पञ्चेश्वर गाउँपालिका ६का २७ वर्षीय हिक्मत भण्डारी, अन्दाजी ३० वर्षीय डम्मरसिह भण्डारी, ४० वर्षीय दिपक भण्डारी र ५० वर्षीय जितसिह भण्डारी रहेको प्रहरी निरीक्षक खड्काले बताए । जिपमा सवार अन्य ६ जना घाइते भएका छन् ।
चट्याङ लागेर ज्यान गुमाएका वडा सदस्यको शव परीक्षणका लागि जिल्ला अस्पताल लैजाने क्रममा जिप दुर्घटनामा परेको प्रहरीले जनाएको छ