धनगढीः निर्माणाधिन गेटा मेडिकल कलेजमा निर्मित भवनलाई संक्रमितको उपचार र सम्भावित संक्रमितको व्यवस्थापनका लागि आइसोलेसन बनाउने काम मंगलबारदेखि सुरु भएको छ ।
कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले मेडिकल कलेजमा दुई हजार जना अटाउने क्षमताको आइसोलेसन निर्माणको काम नेपाली सेनाले थालेको जानकारी दिए ।
पहिलो चरणमा तत्काल पाँच सय जना अटाउने आइसोलेसन निर्माण गरिने भएपनि पछि आवश्यकताका आधारमा थपिदै लैजाने उनले बताए ।
प्रजिअ रिजालकाअनुसार धनगढी उपमहाननगरपालिका र गोदावरी नगरपालिकाको सहकार्यमा आइसोलेसन निर्माण भइरहेको हो ।