पतंजलिले अनलाइन सह–योग शिक्षक प्रशिक्षण चलाउँदै, यसरी गर्न सकिन्छ नाम दर्ता

काठमाडौं । पतंजलि योग समिति नेपालले योग अभ्यासलाई थप विस्तार गर्न अनलाइन माध्यमबाट दोस्रो सह–योग शिक्षक प्रशिक्षण शिविर आयोजना गर्ने भएको छ ।

आगामी कात्तिक १७ गतेदेखि मंसिर २२ गतेसम्म सञ्चालन हुने शिविरमा सहभागी हुने समितिले आवेदन आह्वान गरेको छ । शिविर हरेक दिन बिहान ५–८ बजेसम्म सञ्चालन हुनेछ ।

सह–योग शिक्षक बन्न समितिले उपलब्ध गराएको लिंकमा क्लीक गरेर आफ्नो विवरण भर्नुपर्नेछ । विश्व चर्चित योगगुरु स्वामी रामदेव र आचार्य बालकृष्णको सानिध्यमा समितिले योगाभ्यासका कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

आवेदन फारामको सहयोगार्थ २ हजार रुपैयाँ तोकिएको छ भने शुल्क बैंकमार्फत दाखिला गर्न सकिने जनाइएको छ ।

फाराम भर्न यो लिंकमा क्लीक गर्नुहोला –

आवेदन फाराम

यी हुन् आवेदन फाराम भर्दा ध्यान दिनुपर्ने कुराहरू –

फर्म भर्दा ध्यान दिनुपर्ने कुराहरु । (Things to be considered when filling out the form.)

१. रातो * स्टार लागेको अनिवार्य भर्नुपर्ने छ । ( Red star field is compulsory.)
२.देश छान्नु होस्। अनि next Button मा क्लिक गर्नुहोस। आफ्नो विवरण भर्दै अन्तिममा Submit button मा क्लिक गर्नुहोस । Select your country. Click on next button and continue your details. Click on Submit button at last.

यो फर्मको सहयोगार्थ ने.रु.२०००/- NIC Asia Bank Golfutar, Ktm शाखाको गंगा आचार्यको नाममा रहेको खाता नं 0645750970516001अथवा पतंजलि योग पीठ नेपाल को नाममा रहेको हिमालयन बैकको टेकु शाखा काठमाडौँमा रहेको खाता न. 01806319590011 मा पठाउनुपर्ने छ । सो भौचर अथवा अनलाइन पेमेन्टको फोटो पंतजलि योग समिति नेपाल केन्‍द्रिय कार्यालयको ईमेल [email protected] अथवा तल दिइएको WhatsApp नम्बरहरुमा सहभागीले अनिवार्य रुपमा आफ्नो नाम र सम्पर्क नं समेत पठाउनुपर्नेछ ।
नोटः सहभागीहरुले रकम जम्मा गर्दा स्वयंको नाम समेत अनिवार्य रुपमा डिपोजिट स्लिपमा उल्लेख गर्नुपर्नेछ ।

Support fee NRS. 2000/- should be transferred to NIC Asia Bank Golfutar Branch ktm Account no. 0645750970516001 in the name of Ganga Acharya or Himalayan Bank Teku branch Kathmandu account no. 01806319590011 in the name of Patanjali Yog Peeth Nepal. Voucher or Online payment’s photo as well as name and Contact no. should be sent in the given below WhatsApp No.
Note: Participants should deposit amount by mentioning their name on the deposit slip.

सम्पर्क न ./(Contact No.) / WhatsApp no. 9851121657 /9841741890

कार्यक्रम संचालन मिति (Date of initiation ): २०७७ कार्तिक १७ गते देखि २०७७ मंसिर २२ गते सम्म ( 2 Nov 2020 to 07 Dec 2020)

समय (Event Timing): विहान ५ बजे देखि ८ बजे सम्म ( 5:00 AM to 8:00 AM )
स्थान (Event place): Zoom अनलाइन (zoom Online)
फर्म भर्ने अन्तिम मितिः (Deadline of the submission): २०७७ कार्तिक १६ गते सम्म ( 1 Nov 2020)
सहभागीहरुलाई online zoom meeting को ID र password पछि पठाइनेछ ।

सम्बन्धित
Loading...