काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले कोरोना भाइरस संक्रमित सबै नागरिकको निःशुल्क उपचार नगर्ने निर्णय गरेपछि सर्वत्र आलोचना भइरहेको छ ।
यसै सन्दर्भमा नेपाली कांग्रेसका चर्चित युवा नेता तथा सांसद गगनकुमार थापाले प्रधानमन्त्री ओलीलाई सुझाव दिनुभएको छ । उहाँले सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको छ, ‘स्वास्थ्य मन्त्रालयको पछिल्लो निर्णय ‘कोरोना संक्रमितले आफ्नो उपचार आफैं गर्नु’ ! यसरी हरेक दिन खुद्राखुद्रामा यस्तो निर्णय गर्नुभन्दा प्रधानमन्त्रीज्यू बरु सिधै भनिदिनुस्, ‘सरकार स्वयं संक्रमित भएर आइसोलेसनमा रहेकोले अब उपरान्त संक्रमितको संख्या गन्नेबाहेक थप केही नगर्ने जानकारी गराइन्छ ।’
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले आईतबारको नियमित मिडिया ब्रिफिङका क्रममा मन्त्रिपरिषद्ले गरेको निःशुल्क उपचार नगर्ने निर्णयबारे जानकारी गराउनुभएको थियो ।
स्वास्थ्य मन्त्रालयकाे पछिल्लो निर्णय “काेराेना संक्रमितले आफ्नो उपचार आफैं गर्नु”!
यसरी हरेकदिन खुद्राखुद्रामा यस्तो…Posted by Gagan Thapa on Sunday, October 18, 2020