महेन्द्रनगर । कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका–४ महेन्द्रनगर बजारको १ नम्बर गल्लीस्थित ओम नास्ता पसलमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ ।
कञ्चनपुरको बेदकोट नगरपालिका–९ बस्ने ३० वर्षीय गोपालबहादुर भण्डारी समेतका ५ जनालाई शुक्रबार साँझतिर प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले पसलमा चेकजाँच गर्दा उनीहरूलाई नगद ४४ हजार ९४ रुपैयाँ र १ गड्डी ताससहित पक्राउ गरेको छ ।
जुवातास सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।