काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ ।
निगमले आईतबार मध्यरातिदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर १ रुपैयाँले मूल्य बढाएको हो ।
यससँगै काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य १०५ रुपैयाँ कायम भएको छ भने डिजेल र मट्टीतेलको भाउ प्रतिलिटर ९१ रुपैयाँ कायम भएको छ।
निगमले १५ दिनअघि मात्रै पेट्रोलिमय पदार्थको मूल्य बढाएको थियो ।