काठमाडौं । कोरोना भाइरस संक्रमण बढेपछि मन्त्रिपरिषद् बैठकले राजधानी काठमाडौं उपत्यकामा सार्वजनिक यातायात सञ्चालनमा रोक लगाउने निर्णय गरेको छ ।
सार्वजनिक यातायात भदौ १५ गतेसम्म बन्द गर्ने निर्णय गरिएको एक मन्त्रीले जानकारी दिनुभयो ।
साउन ७ गते लकडाउन औपचारिक रूपमा अन्त्य गरेको घोषणा भएपनि सरकारले ३ हप्तापछि लकडाउन नभनिकनै लकडाउनझै सार्वजनिक यातायात सञ्चालनमा रोक लगाएको छ ।
मन्त्रिपरिषद् बैठकले लामो दूरीका सवारीसाधन सञ्चालन र हवाइ उडान पनि भदौ १५ गतेसम्म नै बन्द हुने जनाइएको छ । अन्तर्राष्ट्रिय सीमा नाकाको बन्दलाई पनि कडाइ गर्ने निर्णय सरकारले गरेको छ ।
बैठकले शिक्षण संस्थाको पठनपाठन अर्को निर्णय नभएसम्मका लागि बन्द गर्ने निर्णय गरेको छ । यसअघिको निर्णय अनुसार बन्द रहेका सेवाहरू बन्द नै रहने जनाइएको छ ।