ओली–प्रचण्डलाई दिनदिनै भेटिराख्ने यी नेताका सुरक्षागार्डमा देखियो कोरोना संक्रमण

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र चर्किएको विवाद मिलाउन कहिले बालुवाटार त कहिले खुमलटार दौडिरहने नेता हुनुहुन्छ महासचिव विष्णु पौडेल ।

महासचिव पौडेलले शनिबार मात्रै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्नुभएको थियो भने उहाँ बालुवाटार गएर प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रायः दिनदिनै भेटिराख्नुहुन्छ ।

उहाँ राजनीतिक भेटवार्तामा जाँदा आफूसँगै सुरक्षा गार्डलाई पनि लिएर जानुहुन्छ । महासचिव पौडेलसँग जाने सुरक्षा गार्डमा कोरोना संक्रमण पुष्टि भएको छ ।

सुरक्षा गार्डमा संक्रमण देखिएपछि महासचिव विष्णु पौडेल आईतबारदेखि आइसोलेसनमा बस्नुभएको छ । पौडेलले आईतबारदेखि केही दिनका लागि सबै भेटघाट बन्द गर्नुभएको छ ।

महासचिव पौडेलसहित अन्य सबैको रिपोर्ट नेगेटिभ आएपनि सुरक्षा गार्डको रिपोर्ट पोजेटिभ देखिएको जनाइएको छ । महासचिव पौडेलका सुरक्षा गार्डलाई प्रहरी अस्पताल भर्ना गरिएको छ । संक्रमित सुरक्षा गार्डलाई लक्षण भने नदेखिएको जनाइएको छ ।

केही दिनअघि अध्यक्ष प्रचण्डका निवासमा खटिने सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको थियो । सुरक्षाकर्मीमा संक्रमण देखिएपछि प्रचण्ड पनि आइसोलेसनमा बस्नुभएको जनाइएको छ ।

सम्बन्धित
Loading...