काठमाडौं । रुकुम पश्चिममा ट्रयाक्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन् ।
बुधबार राति साढे १० बजेको समयमा आठबीसकोट नगरपालिका–१० को इजाखोला नजिक रा१त १४ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा एकैगाउँका ५ जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा आठबीसकोट–१० नाउलाका ४६ वर्षीय लोकबहादुर शाही, उनकी पत्नी ४२ वर्षीया लुकी शाही, ५२ वर्षीय भर्दर सार्की, ४८ वर्षीय धनराम सार्की र ४७ वर्षीया निर्मला सार्की रहेका प्रहरीले जनाएको छ ।