आईतबजारको माथिल्लो मोडमा जीप दुर्घटना हुँदा १ जनाको मृत्यु

डडेल्धुरा । डडेल्धुराको अमरगढी नगरपालिका–२ आईतबजारको माथिल्लो मोडमा बगरकोटबाट डडेल्धुरा सदरमुकामतर्फ आउँदै गरेको सुप प्र ०४–००१ च १८८ नम्बरको जीप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।

जीप अचानक सडक नालामा पल्टिएर बुधबार साँझतिर दुर्घटना हुँदा जीपमा सवार अमरगढी नगरपालिका–८ बस्ने ४० वर्षीय दानबहादुर ओलीको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको डडेल्धुरा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ ।

दुर्घटनामा घाइते भएका नवदुर्गा गाउँपालिका–४ बस्ने २७ वर्षीय दिपेन्द्र बोहराको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको र जीप चालक नवदुर्गा गाउँपालिका–१ बस्ने ३० वर्षीय दिपकबहादुर बुढाऐरलाई थप उपचारका लागि धनगढी रिफर गरिएको छ ।

दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित
Loading...