धनगढी । सुदूरपश्चिम विश्वविद्यालय सेवा आयोगले ६४ पदका लागि दरखास्त आह्वान गरेको छ ।
सोमबार गोरखापत्र दैनिकमा प्रकाशित सूचनाअनुसार विशेष आन्तरिक प्रतियोगिताद्वारा पदपूर्ति गर्न दरखास्त आह्वान गरिएको हो ।
प्रतियोगितामा धनगढीको कैलाली बहुमुखी क्याम्पसका शिक्षक तथा कर्मचारीहरूमध्ये स्थायी पदमा रहेकाहरूले मात्रै आवेदन दिन पाउनेछन् । विशेष आन्तरिक भनेको पहिल्यै ‘फिक्स’ भएका प्रतियोगीले आवेदन दिने र छनोट हुने प्रतियोगिता हो ।
कैलाली बहुमुखी क्याम्पस सुदूरपश्चिम विश्वविद्यालयमा समायोजन भएपछि अब शिक्षक र कर्मचारी समेत समायोजन हुन लागेका हुन् ।
प्रतियोगीले माघ ७ गतेसम्म आवेदन दिन सकिने सूचनामा उल्लेख छ ।
स्थायी समायोजनका लागि आयोगले ७ प्राध्यापक, २३ सहप्राध्यापक, २२ उपप्राध्यापक र १२ जना प्रशासनतर्फका कर्मचारीबाट आवेदन मागेको छ ।
पढ्नुहोस् सूचना –