डडेल्धुरामा मेडिकल कलेज खुल्दै, ११ प्राध्यापक नियुक्त गर्न विज्ञापन आह्वान

धनगढी । सुदूरपश्चिम विश्वविद्यालयले डडेल्धुरामा मेडिकल कलेज सञ्चालनको प्रक्रिया थालेको छ ।

शुक्रवार विज्ञापन प्रकाशित गर्दै विश्वविद्यालयले १ जना सहप्राध्यापक र १० उपप्राध्यापक गरी ११ जना प्राध्यापकका लागि विज्ञापन आह्वान गरेको छ ।

सुदूरपश्चिम विश्वविद्यालय स्वास्थ्य विज्ञान संकायअन्तर्गत डडेल्धुरा मेडिकल कलेजका लागि विश्वविद्यालयले विज्ञापन खोलेको छ ।

प्राध्यापक पदहरूमा करार सेवामा पदपूर्ति गर्नुपर्ने भएकाले योग्यता पुगेका नेपाली नागरिकलाई आवेदन दिन भनिएको छ । आवेदन भदौ १५ गतेभित्र अनलाइनमार्फत दिन सकिने विज्ञापनमा उल्लेख छ ।

आवेदन दिन प्रवेशिकादेखि माथिका सबै शैक्षिक योग्यताका प्रमाणपत्रका प्रमाणित प्रतिलिपिहरू १/१ प्रति, हालसालै खिचेको पासपोर्ट साइजको फोटो २ प्रति, नेपाली नागरिकताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपि र व्यक्तिगत विवरण २ प्रति आवश्यक पर्ने जनाइएको छ ।

सम्बन्धित
Loading...