लुम्बिनी प्रदेशका महिला कर्मचारीले अब महिनावारी बिदा पनि पाउने

काठमाडौं । लुम्बिनी प्रदेशका निजामती सेवाका महिला कर्मचारीले अब महिनावारी (पिरियड्स) बिदा पनि पाउने भएका छन् ।

लुम्बिनी प्रदेश सभाबाट पारित भई मंसिर २१ गते प्रमाणीकरण भइसकेको प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धी ऐनले महिनावारी बिदाको व्यवस्था गरेको छ ।

असार २२ गते प्रदेश सभामा दर्ता भएको विधेयक भदौ २२ गते प्रदेश सभाबाट पारित भएको थियो । ऐनको दफा ११७ (१) (ग) मा महिनावारी बिदाको व्यवस्था गरिएको छ ।

महिला कर्मचारीलाई यसअघि प्रसुति बिदा दिने गरिएकोमा लुम्बिनी प्रदेशमा अब महिनावारी बिदा पनि थपिएको छ । महिनावारी बिदा कति दिन पाउने भन्नेबारे नियमावलीमा तोकिनेछ ।

सम्बन्धित
Loading...