मन्त्री चढेको सरकारी गाडी जंगलको झाडीमा जानुको यस्तो रहेछ कारण (विज्ञप्तिसहित)

काठमाडौं । लुम्बिनी प्रदेश सरकारका अर्थमन्त्री धनबहादुर मास्की चढेको सरकारी गाडी जंगलको झाडीतिर गएको फोटो यतिबेला सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

घटना सम्बन्धमा मन्त्री मास्कीका प्रेस संयोजक दिपक बोहराले प्रेस विज्ञप्ति जारी गरेर स्पष्ट पारेका छन् ।

मंगलबार विज्ञप्ति जारी गर्दै प्रेस संयोजक बोहराले विद्यार्थी एक्कासि दौडिएर आएपछि विद्यार्थी जोगाउन खोज्दा गाडीलाई झाडीतर्फ मोडेपछि दुर्घटना भएको जनाएका छन् ।

दुर्घटनामा परेर गाडीमा सवार मन्त्री मास्की, स्वकीय सचिव शम्भु रेग्मीसहित सचिवालयका ५ जनालाई सामान्य चोट लागेको जनाइएको छ । अहिले सबैले स्वास्थ्यलाभ गरिसकेका छन् ।

विद्यालयका बसले विद्यार्थी झार्ने क्रममा विशेष ध्यान दिन पनि आग्रह गरिएको छ । विज्ञप्तिमा लेखिएको छ, ‘मन्त्री सवार गाडीका चालकले आफ्नो ज्यान नै धरापमा पारेर सावधानीपूर्वक गाडीलाई नमोडेको भए अप्रिय घटना हुन सक्थ्यो । चालककै सावधानीले गर्दा त्यस्तो हुन पाएन ।’

पढ्नुहोस् विज्ञप्ति –

सम्बन्धित
Loading...