महेन्द्रनगर । राष्ट्रिय युवा संघ नेपालले कञ्चनपुरका २ युवा नेतालाई नयाँ जिम्मेवारी दिएको छ ।
युवा संघको दोस्रो पूर्ण बैठकपछि जारी विशेष सर्कूलर अनुसार कञ्चनपुरको भीमदत्त नगरपालिका निवासी केन्द्रीय सदस्य लोकेश पाललाई कञ्चनपुर जिल्ला इन्चार्जको जिम्मेवारी दिइएको छ ।
शुक्लाफाँटा नगरपालिका निवासी युवा नेता राजेश शाहीले युवा संघको केन्द्रीय अनुशासन आयोग सदस्यको जिम्मेवारी पाएका छन् ।
युवा संघले सर्कूलरमार्फत विभागीय प्रमुख, उपप्रमुख, सचिव, प्रदेश इन्चार्ज, जिल्ला इन्चार्ज, पालिका इन्चार्जको जिम्मेवारी तोकेको छ ।