प्रशासनको सूचनापछि युवासंघले भन्यो – देउसीभैलो राति १२ बजेसम्म खेल्न दिनू

धनगढी । नेकपा एमाले निकट राष्ट्रिय युवासंघ नेपाल कैलालीले तिहारको देउसीभैलो राति १२ बजेसम्म खेल्न दिन जिल्ला प्रशासन कार्यालय कैलालीसँग अनुरोध गरेको छ ।

युवासंघका जिल्ला अध्यक्ष लक्ष्मण थापाले आज आईतबार विज्ञप्ति जारी गर्दै नेपालीहरूको पर्व तिहारमा राति १२ बजेसम्म देउसीभैलो खेल्न दिन र सुरक्षा प्रदान गर्न आग्रह गरेको छ ।

कैलाली प्रशासनले राति ९ बजेसम्म मात्रै देउसीभैलो खेल्न सूचना प्रकाशित गरेको थियो । प्रशासनको सूचनामा आपत्तिजनक रहेको जनाउँदै युवासंघले देउसीभैलो खेल्न दिने समय थप गर्नुपर्ने माग गरेको छ ।

‘आयातित विदेशी संस्कृतिको नाममा रातभर गरिने क्रियाकलापमा आधारित संस्कृतिमा सुरक्षा प्रदान गर्न सक्ने तर नेपालीहरूको महान् पर्व दीपावलीको अवसरमा जम्मा १२ बजेसम्म पनि सुरक्षा दिन नसक्ने अवस्था किन आयो ?’ विज्ञप्तिमा लेखिएको छ, ‘दीपावलीको अवसरमा खेलिने देउसीभैलोलाई राति १२ बजेसम्म खेल्ने वातावरण सिर्जना गराइदिन जिल्ला प्रशासन कार्यालयसमक्ष अनुरोध गर्दछौं ।’

यस्तो छ प्रशासनको सूचना –

सम्बन्धित
Loading...