यो पालिकामा आजदेखि लगातार ४ दिन सार्वजनिक बिदा (सूचनासहित)

धनगढी । आज शनिबार र भोलि आईतबार छठ पर्वको बिदा देशैभर परेको छ । तर बैतडीको शिवनाथ गाउँपालिकामा भने लगातार ४ दिन बिदा हुने भएको छ ।

गाउँपालिकाले मंसिर ४ र ५ गते सार्वजनिक बिदा दिने निर्णय गरेपछि बिदा लगातार ४ दिन पुगेको छ ।

गाउँपालिकास्थित प्रसिद्ध शिवनाथ धाममा लाग्ने मेलाका लागि मंसिर ४ र ५ गते सार्वजनिक बिदा दिइएको गाउँपालिकाका अध्यक्ष कर्णसिंह साउँदले सूचनामार्फत जनाएका छन् ।

गाउँपालिका भित्रका सम्पूर्ण शिक्षण संस्था, सरकारी तथा गैरसरकारी निकायमा सार्वजनिक बिदा दिइएको अध्यक्ष साउँदले जनाएका छन् । शिवनाथ मन्दिरमा हरेक वर्ष कात्तिक शुक्ल सप्तमी र अष्टमीका ठूलो जात्रा लाग्ने गरेको छ ।

विगतका वर्षमा पनि गाउँपालिकाले शिवनाथ जात्राको अवसरमा सार्वजनिक बिदा दिँदै आएको थियो ।

यस्तो छ बिदा सम्बन्धी सूचना –

सम्बन्धित
Loading...